एजेन्सी । युरोपा लिग फुटबलमा लण्डन क्लब चेल्सीले बाते बोरिसोभलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा लण्डन क्लबले बेलारुसियन च्याम्पियन बाते बोरिसोभलाई ३–१ गोल अन्तरले पराजित ग¥यो ।
चेल्सीको जितमा रुबेन लोफ्टस चेक नायक रहे । उनले ह्याट्रिक पुरा गरे । सन् २०१४ टोटनहम स्ट्राईकर ह्यारी केनपछि युरोपा लिगमा ह्याट्रिक गर्ने उनी पहिलो इङ्लिस खेलाडी बनेका छन् । इङलिस मिडफिल्डरद्धारा प्रेरित लण्डन क्लबले जितसंगै प्रतियोगितामा आफ्नो प्रभावलाई कायमै राखेको छ । जितसंगै समुह एलमा चेल्सीले ३ खेलबाट ९ अंक जोडेको छ ।
खेलको दोस्रो मिनेटमा पहिलो गोल गरेका उनले ८ औ मिनेटमा दोस्रो र ५३ औ मिनेटमा ह्याट्रिक पुरा गरे । ७९ औ मिनेटमा बातेका रियोसले एक गोल फर्काए । माउरिजियो सर्रीको नेतृत्वमा लण्डन क्लब पछिल्ला १३ खेलमा अपराजित छ ।
यस्तै, गए रातिनै भएको खेलमा अर्को लण्डन क्लब आर्सनलले पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई पराजित गरेको छ । आर्सनलको जितमा ७७ औ मिनेटमा वेलवेकले विजयी गोल गरे । जितपछि आर्सनल समुह ईमा ३ खेलबाट ९ अंक जोड्न सफल भएको छ । स्पोर्टिङ लिस्बोन ६ अंक सहित दोस्रो स्थानमा यथावत छ ।