काठमाडौं । चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नेपालले सुरुवाती अग्रता खेलको २८ औ मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट लिएको थियो । त्यस्तै खेलको ३८ औ मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालले अग्रता दोब्बर बनए ।
नेपालका लागि तेस्रो गोल ६३ औ मिनेटमा शशाक बाेहराले गरे । ७० अाै मिनेटमा दिपेश राईले गाेल गर्दै नेपाललार्इ फराकिलाे जित दिलाए ।
समुह एमा रहेको नेपालले ३ अंक जोडेको छ । यस अघि आज भएको समुह बीको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।