एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गर्ने विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहिबार सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झदै १ सय ६१ औ स्थानमा छ ।
दक्षिण एसियाली देशहरुमा नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ५१ र भारत ९७ औ स्थानमा छ ।
नेपाल भन्दा तल रहेको भुटान १ सय ८८ औ स्थानमा रहदाँ बंगलादेश एक स्थान तल झर्दै १ सय ९४ औ र पाकिस्तान १ सय ९९ औ स्थानमा छ ।
श्रीलंका दुई स्थान तल झर्दै २ सय १ औ स्थानमा छ ।
विश्व वरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहदाँ ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्याण्ड पाँचौ स्थानमा छ ।