काठमाडौं । काठमाडौंमा सुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ नेपालले २ गोलको अग्रता लिएको छ ।
नेपालले सुरुवाती अग्रता खेलको २८ औ मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बुले गोल गरेका हुन् ।
खेलको ३५ औ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । नेपालका नमस थापा मगरले गोल गर्दै नेपाललाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाए ।
प्रतियोगितामा नेपाल समुह एमा रहेको छ । नेपाल रहेको समुहमा माल्दिभ्ससंग बंगलादेश समेत समावेश छ ।
समह बीको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।