काठमाडौं । साफ अन्डर १५ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाकिस्तानले उपाधि दाबेदार टोली भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औ मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो ।
खेलको ५३ औ मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेल सकिन ५ मिनेट बाँकी छदाँ पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेकाे दाेस्राे मिनेटमै उनले गाेल गरेका थिए ।
खेलमा पाकिस्तानले सुरुवातदेखिनै भारतमाथि दबाब सिर्जना गरेको थियो । समुह बीमा पाकिस्तानले ३ अंक जोडेको छ । भारत अंक बिहिन भएको छ ।
प्रतियोगिता अन्तर्गत आजै नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसाे ३ बजे सुरु हुनेछ ।