काठमाडौं । पोखरामा शुक्रबार देखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि बुटवले दुई युएईका खेलाडी क्लबमा ल्याएको हो । राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी मार्की प्लेयर रहेको बुटवलले दुई विदेशी कोटामा रोहन मुस्तफा र चिराक सुरीलाई अनुबन्धन गरेको छ ।
दुई खेलाडीको आगमनसंगै टिम पुर्ण रुपमा प्रतियोगिता खेल्न तयार भएको कप्तान कामीले बताए । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता भोलीबाट कार्तिक २० सम्म संचालन हुनेछ ।
पिपिएलमा बुटवल ब्लास्टर्सका खेलहरु
कार्तिक १० – बिहान समय ९ बजे – बुटवल ब्लास्टर बिरुद्ध चितवन राईनोज
कार्तिक ११ – दिउसो १ः१५ बजे बुटवल ब्लास्टर बिरुद्ध पोखरा पल्टन
कार्तिक १४ – दिउसो १ः१५ बजे – विराटनगर टाईटन्स बिरुद्ध बुटवल ब्लास्टर एक्सर्पेट
कार्तिक १५ – दिउसो १ः१५ बजे – धनगढी बिरुद्ध बुटवल ब्लास्टर
कार्तिक १६ – दिउसो १ः१५ बजे – बुटवल ब्लास्टर बिरुद्ध हुलास काठमाडौं रोयल्स
कार्तिक १८ – क्वालीफायर र एलिमिनेटर (दोस्रो विरुद्ध तेस्रो)
कार्तिक २० – फाइनल (पहिलो विरुद्ध क्वालिफायर विजेता)