एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले पराजित गरेको छ । डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको निरिह बन्यो । पहिलो हाफमा एक गोल गरेको हर्टमण्डले दोस्रो हाफमा ३ गोल थप्यो ।
खेलको केन्द्रमा इङल्याण्डका जाडन सान्चो रहे । उनले च्याम्पियन्स लिगमा पहिलो गोल गरे ।
डर्टमण्डलाई सुरुवाती अग्रता खेलको ३८ औ मिनेटमा विट्सलले दिलाए । ग्वेरेरोले ७३ औ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे । सान्चोले ८३ औ मिनेटमा गोल गर्दै डर्टमण्डलाई ३–० को स्थितीमा ल्याएका थिए । त्यसको ५ मिनेटपछि ग्वेरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाए ।
एट्लेटिको प्रशिक्षक डिएगो सिमोनले पछिल्लो सात बर्षमा ठुलो अन्तरको हार ब्यहोरे । जितपछि डर्टमण्डले ३ खेलबाट ९ अंक सहित समुह एको शीर्ष स्थान कब्जा ग¥यो । एट्लेटिको ६ अंक सहित दोस्रो स्थानमा रह्यो ।
सोही समुहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र क्लब ब्रुगीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।