काठमाडौं । साफ यु–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । प्रतियोगिताको चौथो संस्कण काठमाडौंमा आज सुरु हुन लागेको हो । प्रतियोगिताका सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
सोही मैदानमा नेपाल र माल्दिभ्स दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपाल समुह एमा रहेको छ । नेपाल रहेको समुहमा माल्दिभ्ससंग बंगलादेश समेत समावेश छ । समुह बीमा भारत, भुटान र पाकिस्तान समावेश छन् ।
नेपालले भने प्रतियोगितामा आफ्नो मुख्य लक्ष्य उपाधि रहेको बताएको छ । प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।
मोफसल र एन्फा एकेडेमीका खेलाडीलाई समावेश गर्दै नेपालले टिम बनाएको हो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपालले दुई पटक फाईनल खेलेको छ । तर दुवै पटक क्रमश भारत र बंगलादेशसंग पराजित भएको थियो ।
आजै हुने पहिलो खेलमा उपाधि दाबेदार भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।