काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाईल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बलियो र घरेलु टोली थाईल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गरिरहेको हो ।
थाईल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ । तर, दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा थाईल्याण्डविरुद्ध कडा चुनौती दिने लक्ष्यसहित मैदान उत्रिएको छ ।
थाईल्याण्डविरुद्ध नेपाल सके जित नत्र बराबरी खेल्ने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको दोस्रो चरण पुग्ने सम्भावना बलियो रहेको बताउदै थाईल्याण्डविरुद्ध अंक खोस्ने बताए ।