एजेन्सी । भारतीय कप्तान विराट कोहलीले वान डे क्रिकेटमा सबै भन्दा चाँडो १० हजार रन बनाउने पहिलो व्याट्सम्यान बनेका छन् । भारतको विशाखापटनममा बुधबार भएको खेलमा उनले सो कीर्तिमान पुरा गरेका हुन् ।
उनले २ सय ३१ वान डे खेल्दै २ सय ५ पालीमा सो रेकर्ड कायम गरे ।
यसअघि सबै भन्दा पहिले वान डेमा १० हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । सचिनले २ सय ६६ वान डे खेल्दै २ सय ५९ पालीमा सो उपलब्धी हासिल गरेका थिए ।
सचिन तेन्दुलकर, सौरव गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनी पछाडी सो कीर्तिमान बनाउने विराट पाँचौ भारतीय व्यट्सम्यान भएका छन् ।
योसंगै विराटले भारतीय मैदानमा ४ हजार रन पार गर्ने ब्याट्सम्यान समेत बनेका छन् ।