एजेन्सी । बार्सिलोनाका स्टार लुईस स्वारेज यति बेला क्लबको नियमित टे«निङ बाहिर छन् । कारण, उनले व्यक्तिगत भनेका छन् । तर स्वारेज यति बेला तेस्रो बच्चाको प्रतिक्षा गरिरहेका छन् । उरुग्वेली स्ट्राईकर स्वारेजकी श्रीमती सोफिया बाल्बीले तेस्रो बच्चालाई जन्म दिदै छिन् ।
बार्सिलोना अहिले च्याम्पियन्स लिगको पुर्व सन्ध्यामा छ । स्पेनिस लिग लिडर बार्साले बुधबार राति घरेलु मैदानमा ईन्टर मिलानसंग खेल्दैछ ।
मैदान भित्र निकै निर्मम र आक्रमक देखिने स्वारेजले मैदान बाहिर कोमल र पारिवारिक छवि देखाएका छन् ।
सोफियासंगको १७ बर्षको मित्रतालाई वैवाहिक जिवनमा बाधेका स्वारेज यतिबेला श्रीमतीसंग छन् । ३२ बर्षका स्टार स्वारेजले आफ्नो खेल जिवन उच्चतम विन्दुमा पुग्नु सोफिया मुख्य कारण रहेको बताउदै आएका छन् ।
उनले भनेका छन्, ‘जब म १५ बर्षको थिए । मेले उनलाई भेटेको थिए । फुटबल मेरोलागि कति महत्वपुर्ण छ भन्ने कुरा उनले महशुश गराएकी छिन् ।’
सन् २००९ मा विवाह गरेका स्वारेज र सोफियाका दुई सन्तान छन् । डेल्फिन र बेन्जामिन ।