एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा पाहुना टोली वायर्न म्युनिखले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब वायर्नले ग्रिकको एईके एथेन्सलाई २–० ले हराएको हो ।
वायर्नको जितमा जाभी मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले समान एक एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि जर्मन महारथीले दोस्रो हाफमा गोल निकाल्न सफल भयो । मार्टिनेजले ६१ औ मिनेटमा वायर्नलाई दिलाएको अग्रतालाई लेवान्डोस्कीले त्यसको दुई मिनेटमा दोब्बर बनाएका थिए ।
हारपछि घरेलु टोली एथेन्सको अघिल्लो चरण प्रवेशको सम्भावना अझ कठिन बनेको छ । वायर्न ३ खेलबाट ७ अंक सहित समुह र्इकाे शीर्ष स्थानमा यथावत छ । एथेन्स अंक विहिन हुँदै चौथो स्थानमा छ ।