एजेन्सी । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत उपलब्धी आफ्नो प्राथमिकतामा नभएको बताएका छन् । च्याम्पियन्स लिगको खेलका लागि ओल्डट्राफोर्ड फर्किएका रोनाल्डोले व्यक्तिगत अवार्ड आफ्नो चाहनाको बिषय नभएको बताएका हुन् ।
‘व्यक्तिगत अवार्ड जित्नु मेरो कुनै लक्ष्य होईन । यो सहयोगी बन्छ । तर यो नै सबै चिज होईन ।’ उनले भनेका छन् ।
उनले बलात्कार घटनाको बिषयमा सत्य कुरा चाँडै बाहिर आउने उल्लेख गरे ।
‘म खुसी छु । म खुसी हुन मन पराउछु । यो बिषयमा धेरै कुरा बाहिर आईसकेको छ । म यहाँ झुट बोल्न लागेको होईन । वकिलको काममा विश्वस्त रहेको महशुश गरिरहेको छु ।’ उनले थपे, ‘म फुटबल खेल्न मन पराउछु । मैले खुसीको जिन्दगी बाँचिरहेको छु । मसंग यस्ता बिषयमा हेरचाह गर्ने मानिसहरु छन् । सत्य कुरा चाँडै बाहिर आउनेछ ।’
उनले स्पेनिस लिग र ईटालियन लिगको तुलना गर्न समेत अस्विकार गरे ।
‘म तुलना गर्न चाहन्न । म युभेन्ट्समा खेल्दा खुसीको महशुश गरिरहेको छु । म म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडमा समेत खुसी थिए । म आफुलाई खुसी र भाग्यमानी मान्छु ।’ रोनाल्डोले भने ।
‘मैले ईटालियन फुटबलमा भिज्न खोज्दैछु । यो फरक छ । तर मैले धेरै खुसी महशुश गरिरहेको छु । मेरा सहकर्मीले मलाई सहयोग गरिरहेका छन् । यो एउटा उत्कृष्ट क्लबबाट खेल्न पाउदाँ म धेरै खुसी छु ।’ उनले थपे ।