काठमाडौं । आगामी बिहिबारबाट सुरु हुने साफ यू-१५ पुरुष च्याम्पियनसिप फुटबलको तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
च्याम्पियनसिपमा नेपालसहित साबिकको विजेता भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंका रहेको छ । च्याम्पियनसिपमा नेपालसहित बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान समूह 'ए' मा रहेका छन् । त्यस्तै भारत, भुटान र श्रीलंका समूह 'बी' मा रहेको छ ।
च्याम्पियनसिपका सम्पूर्ण खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । एन्फाले प्रतियोगिता हेर्न जाने दर्शकको लागि भिभिआइपीतर्फ ५ सय र सामान्य प्याराफिटतर्फ २ सय टिकट मूल्य राखेको छ । एन्फाले प्रतियोगिता आयोजनाको लागि १ करोड ६५ लाख लाग्ने जनाएको छ । जसमा साफबाट १ लख ४० हजार डलर अनुदान आउने र बाँकी रकम टिकट बिक्रि र एन्फाले बेहोर्ने जनाईएको छ ।
नेपालले पहिलो खेल कार्तिक ८ गते पाकिस्तानसँग खेल्दैछ । त्यस्तै नेपालले कार्तिक १० मा माल्दिभ्ससंग र अन्तिम खेल कार्तिक १२ गते बङ्गलादेशसंग खेल्नेछ ।
नेपाल गत संस्करणको उपविजेता हो । यस पटक भने नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।
च्याम्पियनसिपमा भारत प्रतियोगिताको साविक विजेता हो । भारतले सन् २०१३ र १७ मा गरी दुई पटक उपाधि जितिसकेको छ । त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको छ ।
नेपाली टिम :
गोलकिपर: रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ
डिफेन्डर :जान लिम्बु, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, शुशिल अधिकारी, ह्हदेश ठकुरी
मिडफिल्डरः प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर
स्ट्राइकरः नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई