एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सी गएराती सेभियाविरुद्धको खेलमा घाइते भए । दाहिने हातको चोटपछि मेस्सी अब तीन साता मैदान बाहिर रहने भएका छन् ।
सेभियासंगको खेलमा घाइते भएसंगै मेस्सीले रियल मड्रिडविरुद्ध हुने सिजनको पहिलो 'एल क्लासिको' भिडन्त गुमाउने भएका छन् ।
मेस्सी घाइते भएसंगै बहुचर्चित भिडन्त एल क्लासिको आफ्नो पुस्ताका दुई स्टार खेलाडीबिना हुने भएको छ । सिजनको पहिलो एल क्लासिको भिडन्त आगामी आइतबार बार्सिलोनाको मैदानमा हुनेछ ।
यस पटकको एल क्लासिको भिडन्तमा मेस्सीसंगै पोर्चुगिज फरवार्ड रोनाल्डोबिना हुनेछ । र, ११ बर्षपछि मेस्सी र रोनाल्डोबिना एल क्लासिको हुन लागेको हो ।
मेस्सी र रोनाल्डो नहुने भएपछि यस पटकको एल क्लासिकोबाट एक युगको अन्त्य भएको समेत अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
पछिल्लो एल क्लासिको भिडन्त यीनै मेस्सी र रोनाल्डोको कारण थप चर्चामा आउने गर्थ्यो । तर, ११ बर्षपछि मेस्सी र रोनाल्डो यस भिडन्तमा हुने छैनन् ।
अघिल्ला एल क्लासिको भिडन्तमा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट हुने भन्नेमा होडबाजी नै चल्थ्यो । यस्तै कसले बढी गोल गर्ने भन्नेमा होडबाजी नै चल्थ्यो ।
अर्जेन्टिनाका कप्तान मेस्सी दोस्रो एल क्लासिको भिडन्तबाट उपलब्ध हुनेछन् । तर, रोनाल्डो भने उपस्थित हुने छैनन् । रोनाल्डो यसै सिजन रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्ट्स लागेका छन् ।
बार्सिलोनाले सन् २००७ देखि नै एल क्लासिको खेल्दै आएका छन् । रोनाल्डो भने सन् २००९ देखि २०१८ सम्म एल क्लासिको भिडन्तमा उपस्थित रहे ।
मेस्सी एल क्लासिको भिडन्तमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । ३१ बर्षिय मेस्सीले २६ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
रोनाल्डो एल क्लासिको भिडन्तमा सर्वाधिक गोल गर्नेको दोस्रो नम्बरमा छन् । १८ गोल गरेका रोनाल्डो पुर्व रियल स्टार अल्फ्रेडो डी स्टेफानोसंग संयुक्त रुपमा दोस्रो स्थानमा रहेका हुन् ।
यस पटक मेस्सी र रोनाल्डो नहुने भएपछि एल क्लासिको भिडन्तले कम रौनकता पाउने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी गरेको छ ।