काठमाडौं । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपमा आज पनि दुई खेल हुदैछ ।
समुह ए अन्तर्गतको पहिलो खेलमा न्युरोड टिम एनआरटी क्लब र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
समुह चरणको आफ्नो अन्तिम खेलमा एनआरटीले आर्मीसंग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगितामा दुई जित निकालेको एनआरटीको ६ अंक छ । समुह चरणको तेस्रो खेलमा एनआरटी लुम्बिनी फुटबल क्लबसंग पराजित भएको थियो ।
समुह चरणको खेलमा आर्मीले सरस्वती र लुम्बिनी फुटबल क्लबलाई समान ४–० गोल अन्तरले पराजित गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे १ बजे सूरु हुनेछ ।
अर्को खेलमा भिड्न लागेको मछिन्द्र प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनीले समुह चरणको दोस्रो खेलमा बलियो प्रत्यासी एनआरटीलाई स्तब्ध पार्दै महत्वपुर्ण तीन अंक जोडेको छ ।
यता एनआरटी र सरस्वतीसंग पराजित भएको लुम्बिनी क्लब प्रतियोगितामा अंक जोड्ने प्रयासमा छ । खेल अपरान्ह ४ बजे सूरु हुनेछ ।