काठमाडौं । पहिलो संस्करणको पथरी शनिश्चरे खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि लेटाङ फुटबल क्लबले जितेको छ ।
मंगलबार भएको फाइनलमा पथरी स्पोर्टिङ क्लबलाई ३ - ० ले हराएर लेटाङले उपाधि जितेको हो ।
उपाधिसंगै लेटाङले ५१ हजार १११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको पथरीले ३१ हजार नगद प्राप्त गरेको छ ।
यसअघि सेमिफाइनलमा लेटाङले बेलबारी फुटबल क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै पथरीले बिराटचोट फुटबल क्लबलाई हराएर लेटाङसंगको भेट पक्का गरेको थियो ।