एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बेल्जियम र नेदरल्याण्डले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा बेल्जियम र नेदरल्याण्डले १ - १ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियम बराबरीमा रोकिएको हो । बेल्जियमका लागि द्रिएस मेर्टेन्सले एक गोल गर्दा नेदरल्याण्डका अर्नाट ग्रोएनेभेल्डले बराबरी फर्काए ।
ब्रुसेल्समा खेलको पाँचौ मिनेटमा मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा ग्रोएनेभेल्डले गोल गर्दै नेदरल्याण्डलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ - १ गोलको बराबरीमा सकिएको थियो ।