एजेन्सी । युईएफए नेसन्स कप फुटबलमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई हराएको छ । ह्यारी विल्सन नायक बनेपछि वेल्सले आयरल्याण्डलाई १ - ० ले हराएको हो ।
स्टार स्ट्राइकर ग्यारेथ बेल बिना मैदान उत्रिएको वेल्सका लागि विल्सनकै गोल निर्णायक बनेको थियो । बेल इन्जुरीको कारण रियल मड्रिड फर्किसकेका छन् ।
डुब्लीनमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा विल्सनले गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा विल्सनले फ्रिकिकबाट गोल गरेका थिए । उनले करिब २० यार्ड टाढाबाट टप कर्नरको दिशाबाट गोल गरेका थिए ।
यो जितसंगै लिग 'बि' समूह चारमा वेल्सले ३ खेलबाट ६ अंक जोडेको छ । र, वेल्स प्ले अफ नजिक पुगेको छ । पराजित आयरल्याण्डले ३ खेलबाट १ अंक जोडेको छ । यस समूहमा २ खेलबाट ४ अंक जोडेको डेनमार्क दोस्रो स्थानाम छ ।
नेसन्स लिग अन्तर्गत अन्य खेलमा युक्रेनले चेक रिपब्लिकलाई १ - ० ले हराएको छ । नर्वेले पनि बुल्गेरियालाई १ - ० ले नै हराएको छ ।