एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली पावर हाउस जापानले उरुग्वेलाई पराजित गरेको छ ।
मंगलबार भएको मैत्रीपूर्ण खेलमा जापानले उरुग्वेलाई ४ - ३ ले हराएको हो ।
निकै रोमान्चक बनेको खेलमा जापानले घरेलु मैदानमा उरुग्वेलाई हराएको हो । जापानको जितमा ताकुमी मिनामिनोले दुई गोल गरे ।
यस्तै याया ओसाको र रित्सु दोयनले एक एक गोल गरे ।
उरुग्वेका गास्टोन पेरेइरो, एडिन्सन काभानी र क्रिस्टियन रोड्रीगेजले समान एक एक गोल फर्काए ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नै अर्को खेलमा दक्षिण कोरियाले पानामासंग २ - २ गोलको बराबरी खेलेका छन् ।