एजेन्सी । विश्व फुटबलको लोकप्रियता जति बढी छ । फुटबल खेलमा प्रयोग हुने खेल सामग्रीहरुको लोकप्रियता त्यति नै छ ।
पछिल्लो समय फुटबल खेल्दा प्रयोग हुने जर्सी र जुत्ताको डिजाइनमा निकै ध्यान दिन थालिएको छ । क्लब र राष्ट्रिय टिमका जर्सीहरु आकर्षक बनाउन थालिएको छ ।
तर, स्पेनिस क्लब जामोराले अनौठो जर्सी बनाएको छ । जुन जर्सी सार्वजनिक हुँदा धेरै चकित बनेका थिए ।
स्पेनको तेस्रो डिभिजन क्लब जामोराले मानवको अङ्ग आकारमा जर्सी बनाएको छ । क्लबले मानव संचार प्रणालीलाई मुख्य थिम बनाएर जर्सी बनाएको छ ।
निकै आकर्षक तरिकाले डिजाइन गरिएको जर्सीमा मानिसको रक्तसञ्चार प्रणालीसंग सम्बन्धित बनाएको छ । जर्सीको रंगहरु समेत मानव अङ्गसंग मिल्दो जुल्दो रहेको छ ।
जर्सी विश्व चर्चित खेल पोशाक कम्पनि कप्पाले बनाएको हो ।