एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा स्विजरल्याण्डले जित निकालेको छ । सोमबार राति भएको खेलमा स्विजरल्याण्डले आइसल्याण्डलाई २ - १ ले पराजित गरेको हो ।
स्विजरल्याण्डलाई जित दिलाउन हरीस सेफरोभिच र माइकल लाङले एक एक गोल गरे । आइसल्याण्डका अल्फ्रेड फिनबोगासनले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा सेफारोभिचले गोल गर्दै स्विजरल्याण्डलाई सुरुवाती अग्रता दिलाए । ६७ औं मिनेटमा लाङले गोल गर्दै स्विजरल्याण्डको अग्रता २ - ० को बनाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा आइसल्याण्डका फिनबोगासनले एक गोल फर्काएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
जितसंगै स्विजरल्याण्डले लिग 'ए' समूह २ मा ३ खेलबाट ६ अंक जोडेको छ । र, स्विजरल्याण्डले शीर्ष स्थानको बेल्जियमसंग अंक बराबर गरेको छ । २ खेलबाट ६ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ । आइसल्याण्ड अंकबिहिन रहदै पुछारमा छ ।
नेसन्स लिग अन्तर्गत नै लिग 'सी' समूह २ मा फिनल्याण्डले ग्रीसलाई २ - ० ले हराएको छ । हंगेरी र स्टोनियाले ३ - ३ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।