एजेन्सी । श्रीलंकाका पुर्व कप्तान सनथ जयसूर्यालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले कारबाही गरेको छ ।
आईसिसीले आफ्नो एन्टी करप्सन कोड उल्लङ्घन गरेको भन्दै जयसूर्यालाई कारबाही गरेको हो । आईसिसीले आफ्नो अनुसन्धानमा सहयोग नगरेको भन्दै ४९ बर्षे जयसूर्यालाई कारबाही गरेको हो । आईसिसीले उनलाई आरोपबारे जवाफ दिन १४ दिनको समय दिएको छ ।
श्रीलंकन क्रिकेट टोलीको छनोटकर्ता समेत रहेका जयसूर्या एक दिवसीय क्रिकेटका महान खेलाडी मानिन्छन् । श्रीलंकाको संसद सदस्य समेत रहेका जयसूर्याले ११० टेष्ट, ४४५ एकदिवसीय र ३१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।