काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाईटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ ।
पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा विराटनगरले घरेलु टोली पोखरा प्रतिद्वन्द्वी पाएको हो ।
पोखरा रंगशालामा उद्घाटन खेल कार्तिक ९ गते हुनेछ । उद्घाटन खेल बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ । पहिलो दिन एक खेल मात्र हुनेछ । दोस्रो दिनबाट प्रत्येक दिन दुई खेल हुनेछ । प्रतियोगिता कार्तिक २० सम्म संचालन हुनेछ ।
प्रतियोगिता अन्तर्गत कार्तिक १० गते चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका
सर्वाधिक पुरस्कार राशीको हुने लिगको पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।
यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । सबै टोलीले आफ्नो मार्की खेलाडी र अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।
यस्तै प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले मान्यता प्रदान गरिसकेको छ ।