एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्याण्डलाई हराएको छ । आइतबार राति भएको खेलमा इटालीले पोल्याण्डलाई १ - ० ले हराएको हो ।
पोल्याण्डमा भएको खेलमा क्रिष्टियानो बिराघीले निर्णायक गोल गरेपछि इटाली विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा बिराघीले गोल गरेका थिए । बिराघीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै इटालीको उद्दार गरेका हुन् ।
यता, पोल्याण्डले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा झिनो अन्तरले पराजित हुन परेको छ । इटालीले पनि थप गोल गर्ने मौकाहरु खेर फालेको थियो ।
यो जितसंगै इटालीले लिगमा पहिलो जित निकालेको छ । लिग 'ए' समूह ३ मा इटालीले ३ खेलबाट ४ अंक जोडेको छ । र, इटाली दोस्रो स्थानमा छ । पोल्याण्डको १ अंक छ । यस समूहमा पोर्चुगलको ६ अंक छ ।
नेसन्स लिग अन्तर्गत नै रसियाले टर्कीलाई २ - ० ले पराजित गरेको छ । इजरायलले अल्बानियालाई २ - ० ले हराउदा रोमानिया र सर्बियाले गोलरहित बराबरी खेलेका छन् ।