काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा डेब्यु गरेका छन् ।
मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' खेलेर युएई पुगेका सन्दीपले नगरहर लिओपार्डसबाट पहिलो खेल खेलिरहेका छन् । सन्दीपले पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रदै एपीएलमा डेब्यु गरेका हुन् ।
युएईको शारजाहमा सन्दीपको टिम लिओपार्डस ब्याटिङ गरिरहेको छ ।
सन्दीपले मलेसियामा कीर्तिमानी प्रदर्शन गरेका थिए । शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिदै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।
सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिंदै बसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । जुन खेल मलेसियामै भएको थियो ।
लाइभ हेर्नुस् -