एजेन्सी । इंग्ल्यान्डका कप्तान ह्यारी केनले आफुलाई आरामको जरुरी नभएको बताएका छन् ।
पछिल्लो समय गोल गर्न असफल भईरहदा ह्यारीलाई आरामको आवश्यकता रहेको चर्चा सुरु भएको थियो ।
तर, युईएफए नेसन्स कप अन्तर्गत स्पेनसंगको खेलअघि कप्तान केनले आफुलाई आरामको आवश्यकता नरहेको बताएका छन् ।
'विश्वकपपछि निकै कठिन रह्यो । धेरै आराम पाईएन,' केनले भनेका छन् 'तर, मलाई सबै ठिक छ । म पूर्णरुपमा स्वास्थ्य र फिट छु । मेरो प्राथमिकता सिजनको सुरुवात थियो । अहिले म विन्टरको लागि आफुलाई तयार बनाउदै छु ।'
रुस विश्वकपमा गोल्डेन बुट विजेता केनले इन्ग्लिश प्रिमियर लिगको पछिल्लो १६ खेलमा ६ गोल मात्र गरेका छन् ।
लिग उत्कृष्ट गर्न नसकेपनि केनले आफुले आफ्नो शतप्रतिशत दिन प्रयास गरिरहेको बताए ।
'मैले आफ्नो मापक बनाएको छु । म प्रत्येक खेलमा त्यो मापक पुरा गर्न खोजिरहेको छु । मलाई लाग्दैन कि खेल खराब छ,' कप्तान केनले भने ।
यस्तै उनले आफु अहिले प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेमा दोस्रो रहेको बताउदै स्पेनविरुद्ध खेल्न तयार रहेको बताए ।
'म मेरो काममा के गर्न सक्छु, त्यसमा केन्द्रित छु । प्रिमियर लिगको धेरै गोल गर्नेको दोस्रोमा छु । मैले हाल इंग्ल्यान्डको लागि गोल समेत गरेको छु । म सोमबार खेलका लागि तयार छु ।'
नेसन्स लिगअन्तर्गत इंग्ल्यान्डले सोमबार उसैको मैदानमा स्पेनसंग खेल्नेछ ।