एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । शनिबार वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले श्रीलंकालाई डर्कवर्थ लेविस (डिएल) को आधारमा ३१ रनले हराएको हो ।
दाम्बूलामा इंग्ल्यान्डले दिएको २७९ रनको लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाको कारण रोकिएको थियो । वर्षाले खेल रोकिनुअघि २९ ओभरमा श्रीलंकाले ५ विकेट गुमाएर १४० रन जोडेको थियो । त्यसपछि खेल भएन र डिएलको आधारमा इंग्ल्यान्ड विजयी भयो ।
श्रीलंकाका लागि थिसरा परेरा ४४ रनमा अविजित रहदा धनन्जय डी सिल्भा ३६ रनमा अविजित थिए । त्यस्तै कुसल परेराले ३० रन जोडेका थिए । इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन जोडेको थियो । इंग्ल्यान्डका इयोन मोर्गनले ९२ रन जोड्दा जोय रुट्सले ७१ रन जोडेका थिए । श्रीलंकाका लाथिस मालिंगाले ५ विकेट लिएका थिए ।
यो जितसंगै इंग्ल्यान्डले पाँच खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ । यसअघि भएको खेल खेल नतिजाबिहिन बनेको थियो ।