काठमाडौ । पथरी स्र्पोटिङ क्लब पहिलो संस्करणको पथरी शनिश्चरे खुला नकआउट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । विराटचोक फुटबल क्लबलाई पराजित गर्दै पथरीले लेटाङ फुटबल क्लबसंग उपाधि भिडन्त पक्का गरेको हो ।
शनिबार भएको खेलमा पथरीले विराटचोकलाई ३–० गोल अन्तरले पराजित गर्यो । पथरीको जितमा अरुण लिम्बुले दुई तथा असिम राईले एक गोल गरे ।
५२ औ मिनेटमा पथरीलाई अग्रता दिलाएका अरुणले ६४ औ मिनेटमा दोस्रो गोल गरेका थिए । खेलको ईन्जुरी समयमा गोल गर्दै असिमले टोलीको जित सुनिश्चित गरे ।
दुई गोल गरेका अरुण म्यान अफ दी म्याच घोषित भए ।
शुक्रबार भएको खेलमा पेनाल्टी सुटआउटमा बेलबारी फुटबल क्लबलाई पराजित गर्दै लेटाङ फुटबल क्लब फाईनल प्रवेश गरेको थियो ।
फाईनल खेल साेमबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य सुमन बिकेले बताए ।