एजेन्सी । आर्सनलका पुर्व स्ट्राईरक थिएरी हेनरीलाई फ्रान्सेली क्लब मोनाकोले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फ्रान्सेली क्लबले आर्सनलका लिजेण्ड हेनरीलाई माेनाकाेले सन् २०२१ सम्म मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
४१ बर्षका फ्रेन्च खेलाडीले बेल्जियमको राष्ट्रिय टोलीबाट सहायक प्रशिक्षकको रुपमा काम गरेको थिए । उनले मोनाकोबाटै आफ्नो व्यवसायीक करियर अगाडी बढाएका थिए । उनकै सहयोगमा मोनाकोले सन् १९९७ मा लिग वानको उपाधि उचालेको थियो ।
‘यो भाग्य जस्तै लागिरहेको छ । मैले मेरो व्यवसायीक करियर यहीबाट सुरु गरेको थिए ।’ आर्सनलका कीर्तिमानी गोलकर्ता हेनरीले भने ।
युभेन्ट्स, बार्सिलोना र न्युयोर्क रेड बुल्सका खेलाडी समेत रहेका हेनरी पछिल्लो समय एस्टन भिल्लासंग जोडिएका थिए । उनले त्यसको पुष्टि गर्दै पछिल्ले हप्ता आफुलाई निकै राम्रो प्रस्ताव आएको समेत बताएका थिए ।
‘मोनाको सधै मेरो दिलमा रह्यो ।’ उनले जोडे, ‘यो अवसरकालागि मलाई विश्वास लागिरहेको छैन । म निकै उत्साहित छु । अब निकै कडा मेहनत सुरु हुन आवश्यक छ ।’