काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बित कमिटिले अदालतमा विचाराधिन मुद्वा फिर्ता लिने तयारी गरेको छ । क्रिकेट विवाद समाधान गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले अदालतको मुद्वा फिर्ता लिन निलम्बित क्यानलाई आग्रह गरेको थियो ।
क्रिकेट विवाद सम्बन्धित अदालतमा दायर गरेको मुद्वाको बिषयमा निर्णय गर्न निलम्बित क्यानले कात्तिक १० गते निर्वाचित कमिटिको बोर्ड बैठक बोलाएको छ ।
क्यानको नयाँ विधान अनुसार गठन भएको पाँच सदस्यीय मोनिटरिङ कमिटिले क्रिकेट विवाद समाधान गर्न तत्काल अदालतमा रहेको मुद्वा फिर्ता लिन सम्बद्व पक्षलाई आग्रह गरेको थियो ।
निलम्बित क्यानका उपाध्यक्ष दिवाकर घलेले शनिबार बिज्ञप्ती जारी गर्दै मुद्वा फिर्ताको प्रक्रिया अघि बढेको र त्यसले क्रिकेट लिलम्बन फुकुवा प्रक्रिया सहज हुने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले क्यान विगठन गर्दै नयाँ नेतृत्वकाे निर्वाचन गर्न तदर्थ कमिटि गठन गरेपछि निर्वाचित भनिएको कमिटिले अदालतमा मुद्वा दायर गरेको थियो ।
राजनीतिक हस्तक्षर र अपारदर्शी निर्वाचनको कारण देखाउदै आईसीसीले नेपाली क्रिकेटमाथि निलम्बनको कारबाही गरेको थियो ।