एजेन्सी । इजिप्टका स्टार स्ट्रार्इकर मोहमद सलाह घाइते भएका छन् । गएराति भएको स्विटजरल्याण्डबिरुद्धको खेलमा उनको मांसपेशिमा समस्या आएको थियो । लगत्तै उनी मैदान बाहिर आएका थिए ।
सलाहले मैत्रिपुर्ण खेलमा सिधै कर्नरबाट गोल गरेका थिए । २९ बर्षका लिभरपुल स्ट्राइकर सलाहले खेलको ४४ मिनेटमा गोल गरेका थिए ।
सो मैत्रिपुर्ण खेलमा इजिप्ट ४–१ गोल अन्तरले विजयी बनेको थियो ।
सलाहले लिभरपुलबाट पछिल्ला ४ खेलमा गोल गर्न सकेका छैनन् ।