एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा क्रोएसिया र इंग्ल्यान्डले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार राति भएको खेलमा क्रोएसिया र इंग्ल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।
क्रोएसियाको मैदानमा भएको खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले एक एक अंक पाएको हो । विश्वकप उपविजेता क्रोएसियाविरुद्ध बल पोजिसनमा इंग्ल्यान्ड अघि रहेपनि गोल गर्न सकेन ।
इंग्ल्यान्डका ह्यारी केनको प्रहार पोस्ट बारमा लागेर फर्कदा एरिक डायरले प्रहार पोस्टमै लागेर फर्किएको थियो । यस्तै मार्कुस राष्फोर्डले दुई पटक गोल गर्ने सुनौलो मौका गुमाएका थिए । क्रोएसियाले पनि केहि सुन्दर गोलको अवसर खेर फालेका थिए ।
यो बराबरीसंगै लिग 'ए' अन्तर्गत समूह ४ मा रहेको इंग्ल्यान्ड २ खेलबाट १ अंक जोडेर दोस्रो स्थानमा छ । क्रोएसिया समान खेलबाट समान १ अंक जोडेर पुछारमा छ । समूहको शीर्ष स्थानमा स्पेन रहेको छ । स्पेनले दुवै खेल जितेर २ खेलबाट ६ अंक जोडेको छ ।
नेसन्स लिग अन्तर्गत लिग 'बि' समूह ३ को खेलमा अष्ट्रियाले नर्दन आयरल्याण्डलाई १ - ० ले हराएको छ ।
लिग 'सी' समूह २ अन्तर्गत फिनल्याण्डले स्टोनियालाई १ - ० ले पराजित गर्दा ग्रिसले हंगेरीलाई १ - ० ले नै हराएको छ ।