काठमाडौं । पहिलो पथरी शनिश्चरे खुला नकआउट फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा बेलबारी फुटबल क्बललाई पराजित गर्दै लेटाङ फाईनल प्रवेश गरेको हो ।
पेनाल्टी सुटआउटमा लेटाङका गोलकिपर अन्जित श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै दुई प्रहार रोकेपछि टोली फाईनल पुगेको हो । लेटाङका अभिषेक लिम्बु, उमेश कार्क, उमेश राई र शुसिल राईले गोल गरेका थिए ।
बेलबारीको सुमन श्रेष्ठ र विवेक मगरको प्रहार गोलमा परिणत भएको थियो । विनोद अधिकारी र जेससको प्रहार बाहिरिएको थियो । भोली दोस्रो सेमिफाईनलमा पथरी र विराटचोकबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य सुमन बिकेले बताए ।