काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने मलेसियाबाटै युएई जाने भएका छन् ।
युएईमा जारी अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाउन सन्दीप शनिबार त्यसतर्फ जाने भएका छन् ।
आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' का लागि मलेसियामा रहेका सन्दीप प्रतियोगिता सकिएसंगै त्यसतर्फ जाने भएका हुन् । शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।
सन्दीपले जारी अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डसबाट खेल्नेछन् । तर, सन्दीपले तीन खेल गुमाईसकेका छन् ।
सन्दीपले मलेसियामा कीर्तिमानी प्रदर्शन गरेका थिए । शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिदै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।
सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिंदै बसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । तर, सन्दीपले उमेर समूहको यू-१९ अन्तराष्ट्रिय प्रतियोगितामा भने २३ विकेट लिईसकेका छन् ।
यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । जुन खेल मलेसियामै भएको थियो ।