एजेन्सी । फ्रान्सेली क्लब मोनाकोले आर्सनलका लिजेण्ड थिएनी हेनरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । बेल्जियमका सहायक प्रशिक्षकको रुपमा काम गरेका हेनरीलाई लिग वान क्लबले मुख्य प्रशिक्षककालागि प्रस्ताव गरेको छ ।
वार्ता सकारात्मक दिशामा अघि बढेको र चाँडैनै सम्झौतामा हस्ताक्षर हुने बतार्इएकाे छ ।
क्लबले गत बिहिबार मात्र प्रशिक्षक लियोनार्दो जर्दिमलाई बर्खास्त गरेको थियो । हेनरीले मोनाकोको जर्सीमा १ सय ५ म्याच खेलेका छन् । क्लब र हेनरीबीचको वार्ता सहमती नजिक पुगेको र शनिबारसम्म आर्सनलका सर्वाधिक गोलकर्तालाई मोकानोले प्रशिक्षकको रुपमा सार्वजनीक गर्ने तयारी गरेको छ ।
क्लबले सन् २०१७ मा लिग वानको उपाधि जितेको थियो । फ्रान्सेली स्टार हेनरीलाई सन् २०१६ मा बेल्जियमको सहायक प्रशिक्षकमा नियुक्त गरिएको थियो ।
उनले रुसी विश्वकपसम्म बेल्जियम टोलीलाई प्रशिक्षण दिएका थिए ।