काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि चितवन राइनोजले दुई स्थानीय खेलाडी अनुबन्ध गरेको छ ।
पीपीएलका लागि चितवनले लोकल आइकनको रुपमा आकाश थापा र सप्निल अधिकारीलाई अनुबन्ध गरेको हो । प्रतियोगिताको नियम अनुसार पीपीएलको सहभागी टोलीले दुई स्थानीय खेलाडी राख्नै पर्ने हुन्छ ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने पीपीएल आगामी कार्तिकमा दोस्रो साताबाट सुरु हुनेछ । सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा चितवनसहित विराटनगर टाईटन्स,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
चितवनले अक्सनबाट अन्य खेलाडी अनुबन्ध गरिसकेको छ ।
चितवन राईनोज :
अनिल कुमार साह - २ लाख ५० हजार
भुवन कार्की - १ लाख ५० हजार
राम नरेश गिरी - ८५ हजार
करण केसी - २ लाख ५० हजार
आरिफ शेख – २ लाख ५० हजार
सुमित महर्जन - ५० हजार
सोनु तामाङ – ८५ हजार
विनोद लामा – ७० हजार
हरि शंकर साह – ९० हजार
शक्ति गौचन - २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइन, बढी रकम खर्च गरेको कारण पेनाल्टी पाएको )