काठमाडौं । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई बडादशैंको शुभकामना दिएको छ ।
क्लबले शुक्रबार सामाजिक संजाल फेसबुकबाट दशैंको शुभकामना दिएको हो ।
नेपाली तथा हिन्दुहरुको महान चाड दशैँको टिका कार्तिक २ गते रहेको छ । र, वायर्नले नेपाली समर्थकहरुलाई शुभकामना दिएको हो ।
फेसबुकमा वायर्नले लेखेको छ, 'नेपालका हाम्रा सम्पूर्ण समर्थकहरुलाई दशैंको शुभकामना ।'
साविकको बिजेता वायर्न यो सिजन लिगको ७ खेलबाट १३ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।