काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत सिंगापुरविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सिंगापुरविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
नेपालका बसन्त रेग्मीले नेपाललाई चौथो सफलता दिलाए । बसन्तले सुरेनद्रन चन्द्रमोहनलाई २५ रनमा पेभेलियन फर्काए ।
यसअघि सोमपाल कामीले दुई तथा सन्दीप लामिछानेले सिंगापुरको १ विकेट झारेका थिए । सिंगापुरले ११ ओभर सकिदा ४ विकेट गुमाएर ६१ रन जोडेको छ ।
अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेलिरहेको हो । नेपाल र सिंगापुरबीचको यस फाइनल सरहको खेल हुनेछ ।
एसिया छनोट समूह 'बी' बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ । किनकी यस खेलको विजेता प्रतियोगिताको विजेता बन्नेछ ।