उदयपुर । बारा ११ क्लबले चौदण्डीगढी नारदमुनी गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको खेलमा आयोजक बसाहा क्लबलाई १ - ० ले हराएर बाराले विजयी सुरुवात गरेको हो ।
बारालाई जित दिलाउन लक्ष्मण चौधरीले निर्णायक गोल गरे । लक्ष्मण खेलमा म्यान अफ दि म्याच बन्दै २ हजार नगद समेत हात पारे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार ब्वाइज युनियन र तरहरा क्लबबीच हुनेछ ।