काठमाडौं । प्रविधिको सहायताबाट खेलिने फुटबल खेल '६३ नट आउट : फिफा प्रतियोगिता' आयोजना हुने भएको छ ।
कोल म्यानेजमेन्ट प्रालिको योजनामा हुने प्रतियोगिता पुस अन्तिम साताबाट सुरु हुनेछ । प्रतियोगिता आगामी पुस २८ बाट सुरु हुने आयोजकले जनाएको छ ।
आयोजकले यस प्रतियोगिता नेपालकै सर्वाधिक ठुलो फिफा प्रतियोगिता हुने बताएको छ । नकआउटका आधारमा हुने प्रतियोगिता १५ मिनेटको हुनेछ ।
प्रतियोगिताको फाइनल चरण काठमाडौंमा हुनेछ । त्यसअघि काठमाडौंसंगै भक्तपुर, ललितपुर, पोखरा, बुटवल, चितवन र इटहरीमा छनोट प्रतियोगिता हुनेछ ।
विभिन्न सहरमा हुने छनोटबाट ६३ जना फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छानिएका ६३ जनामध्ये एक जना बाई पाएर अन्तिम ३२ मा पुग्नेछन् । बाकीं ६२ जनाबीच ३१ खेल हुन्छ ।
अन्तिम ३२ मा १६ खेल हुनेछ । त्यसपछि अन्तिम १६ मा ८ खेल हुँदा क्वाटरफाइनलमा ४ खेल हुनेछ । त्यसपछि सेमिफाइनल, फाइनल र तेस्रो र चौथो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागिताको लागि कोल म्यानेजमेन्टको अफिसियल वेबसाइट coal.com.np मा गएर फर्म भर्नुपर्नेहुन्छ ।
प्रतियोगिताका लागि असोज ३० गते देखी मंसिर १४ गतेसम्म खुल्नेछ ।
क्रिकेट खेलको दौरान बलले लागेर निधन भएका फिल ह्युजको सम्झनामा हुने प्रतियोगितामा महिला र पुरुष सबैले खेल्न पाउने छन् ।
प्रतियोगिताको लागि ३१५ देखि १६०० नगद दर्ता शुल्क लाग्नेछ । सहभागीले प्रतियोगिता खेल्न ३१५ देखि १६०० भित्र जति सुकै राशी तिर्न सक्नेछन् । दर्ता शुल्क इसेवाबाट बुझाउनुपर्ने छ ।
प्रतियोगितमा शीर्ष चार स्थान हात पार्नेलेनगद पुरस्कार पाउने छ । तर, विजेताले पाउने पुरस्कार भने खेलाडीले बुझाएको दर्ता शुल्कलाई गुणा गरेर दिईने आयोजकले जनाएको छ । उक्त पुरस्कार रकम कति गुणा गरेर दिईने भन्ने कुरा असोज ३० गते जानकारी गराउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल चरणमा पुग्ने खेलाडीको खाने, बस्ने सुविधा आयोजकले बेहोर्नेछ ।