काठमाडौं । सातौ संस्करणको चौदण्डीढी नारदमुनी गोल्डकपमा विराटनगर ११ ले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा विराटनगरले मोरङ फुटबल क्लबलार्इ १-० गेल अन्तरले पराजित गरेको हो ।
खेलको ५९ औ मिनेटमा विराटनगरकालागि बीरेन्द्र लिम्बु्ले विजयी गोल गरे ।
उनी म्यान अफ दी म्याच चुनिए ।
८ टोली सहभागि प्रतियोगिता आगामी असोज ३० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा विराटनगर र मोरङ सहित ब्वाईज युनियन, डीसीटी सुनसरी, बसाहा क्लब, बारा, गोर्खा ब्वाईज र फ्युजन क्लब सहभागि छन् ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक बसाहा क्लबले जनाएको छ ।