काठमाडौं । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत चीनविरुद्धको खेलमा नेपालका युवा बलर सन्दीप लामिछाने 'प्लेयर अफ दि म्याच' बनेका छन् ।
जारी छनोटमा सन्दीप तेस्रो पटक प्लेयर अफ दि म्याच चुनिएका हुन् । यसअघि म्यानमार र मलेसियाविरुद्ध खेलमा सन्दीप प्लेयर अफ दि म्याच बनेका थिए ।
नेपालले चीनलाई १० विकेटले हराउने क्रममा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । लेग स्पिनर सन्दीप ४ ओभर बलिङ गर्दै एक मेडनसहित ४ रन खर्चेर ३ विकेट लिएका थिए ।
योसंगै सन्दीप नेपालले खेलेको पाँच खेलमध्ये तीन खेलमा प्लेयर अफ दि म्याच बनेका छन् ।
छनोटमा सन्दीपले हालसम्म ५ खेलमा २० विकेट लिईसकेका छन् । सन्दीप सर्वाधिक विकेट लिनेको शीर्ष स्थानमा छन् ।