काठमाडौं । प्रथम पथरी शनिश्चरे खुला नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिन आज बेलबारी फुटबल क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुदैछ ।
प्रतियोगिताको क्वार्टरफाईनलमा भिड्न लागेका दुवै टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सुनाखरी युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा दोस्रो दिन मंगलबार सुकुना फुटवल क्लब सेमिफाईनल प्रवेश गरेको छ । स्थानिय सुनाखरी क्लवको खेलमैदानमा भएको खेलमा योसेक मंगलवारेलाई १–० ले हराउदै सुकुना अन्तिम चारमा पुगेको हो ।
२६ औ मिनेटमा मिलन राईको गोल सुकुनालाई जितकालागि पर्याप्त बन्यो ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य सुमन बिकेले बताए ।