काठमाडौं । सातौ संस्करणको चौदण्डीढी नारदमुनी गोल्डकप आज सुरु हुदैछ । ८ टोली सहभागि प्रतियोगिता आगामी असोज ३० गतेसम्म चल्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा आज बिराटनगर ११ र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विराटनगर र मोरङ सहित ब्वाईज युनियन, डीसीटी सुनसरी, बसाहा क्लब, बारा, गोर्खा ब्वाईज र फ्युजन क्लब सहभागि छन् ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक बसाहा क्लबले जनाएको छ ।