काठमाडौं । भुटानमा सम्पन्न साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको नेपाली महिला टोली आज (बुधबार) स्वदेश फर्कदै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलि भुटान एयरबाट बुधबार दिउसो २:३५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
आइतबार भएको च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसंग १ - ० ले पराजित भएको थियो । प्रतियोगितामा ७ गोल गरेकी नेपालकी फरवार्ड रेखा पौडेल सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।
च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाली टोली उपविजेता बनेको थियो । तर, उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई ५०/५० हजार दिने एन्फाले घोषणा गरिसकेको छ ।