काठमाडौैं । अखिल नेपाल फुटबल संघ एन्फाले बेरुजु रकम फर्छौट गर्न पेश्कि फर्छौट समिति गठन गरेको छ । पछिल्लो आर्थिक बर्षको तथ्याङ अनुसार संघभित्र करिब साढे ३ करोड देखिएको बेरुजु रकमलाई फर्यौट गर्न एन्फाले ३ सदस्यीय समिति गठन गरेको हो ।
एन्फाको मंगलबार बसेको आकस्मिक समितिको बैठकको निर्णय अनुसार गठन गरिएको समितिको कार्यअवधि तीन महिनाको हुनेछ । समितिको सयोजकमा हरी रायमाझी र सदस्यमा रविन्द्र जोशी रहेका छन् । अर्का एक सदस्यलाई संयोजकले मनोनित गर्नेछन् ।
यस्तै बैठकले पेश्कि फर्छौट गर्न पेश्की रकम देखिएका व्यक्ति र संघ संस्थालाई ३५ दिनभित्र पेश्की फर्छोटकालागि पत्राचार गर्ने निर्णय गरेको छ । एन्फाभित्र करिब साढे ३ करोड रुपैयाँ अहिलेपनि बेरुजु छ । अघिल्लो कार्यसमितिबाट लिएको सो रकमको अधिकांश व्यक्ति र संघ संस्थाले अहिलेसम्म फर्छौट गरेका छैनन् ।
पेश्कि रकमको शीर्षकमा धेरै व्यक्ति र सस्थाले संघ भित्रको रकममा आर्थिक अनियमितता गरेको देखिएको छ ।
यो पनि पढ्नुस : एन्फामा झण्डै साढे ३ करोडको बेरुजु, हेर्नुस सूची