एजेन्सी। इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पुर्व मिडफिल्डर माइकल क्यारिकले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासंग पराजित भएपछि दुई वर्ष डिप्रेसनको शिकार भएको बताएका छन् ।
सन् २००९ को च्याम्पियन्स लिगको फाइनलमा युनाइटेड बार्सिलोनासंग २ - ० ले पराजित भएको थियो । त्यस समय क्यारिक युनाइटेडका मुख्य खेलाडी रहेका थिए । सन् २००८ को च्याम्पियन्स लिग भने युनाइटेडले जितेको थियो ।
इन्ग्लिश पत्रिका दि टाइम्ससंग कुरा गर्दै क्यारिकले उक्त फाइनलपछि दुई वर्ष डिप्रेसनमा परेको बताए ।
'मैले त्यसको अघिल्लो वर्ष च्याम्पियन्स लिग जितेको थिए । तर, त्यो पूर्ण अप्रासंगिक थियो,' क्यारिकले भनेका छन्, 'मैले डिप्रेसन भएको महसुस गरे । मैले साच्चै तल झरेको महसुस गरे । मैले कल्पना गरे त्यो डिप्रेसन थियो ।'
हाल युनाइटेडका सहायक प्रशिक्षक रहेका २७ बर्षीय क्यारिकले उक्त खेलपछि आफुलाई खराब र भयानक महसुस गरेको बताए ।
'मैले यसलाई डिप्रेसनको रुपमा ब्याख्या गर्छु । किनकी खेलपछिमलाई खराब र भयानक महसुस भयो । तर, त्यसको केहि दिनपछि मैले जित्न सके । त्यो अजिब भावना थियो ।'
वेष्ट ह्याम युनाइटेडबाट फुटबल करियर सुरुवात गरेका क्यारिकले सन् २००४ देखि ६ सम्म टोटनह्यामबाट खेलेका थिए । सन् २००६ मा टोटनह्यामबाट क्लब आएका क्यारिकले त्यसयता निरन्तर युनाइटेडमा रहेका छन् ।
क्यारिकले युनाइटेडबाट ४८१ खेल खेल्दै २४ गोल गरेका छन् । क्यारिकले युनाइटेडबाट ५ पटक इन्ग्लिश प्रिमियर लिग, १ पटक च्याम्पियन्स लिग, ३ पटक लिग कप उपाधि जितेका छन् । त्यस्तै क्यारिकले समान एक एक पटक युरोपा लिग, एफए कप र क्लब विश्वकपको उपाधि चुमेका छन् ।
सन् २००१ मा इंग्ल्यान्डको टोलीमा डेब्यु गरेका क्यारिकले राष्ट्रिय टोलीबाट ३४ खेल खेलेका छन् ।