काठमाडौं । नेपालले मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' मा लगातार चौथो जित निकालेको छ ।
मंगलबार भएको खेलमा भुटानलाई ११७ रनले हराएर नेपालले लगातार जित हात पारेको हो ।
नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो ।
यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।
नेपालले कसरी हरायो भुटानलाई ? तस्बिरमा हेर्नुस् !
तस्बिर : रमण सिवाकोटी