एजेन्सी । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्सले पेरिस सेन्ट जर्नेमन पीएसजी स्टार केलियन एम्बाप्पेले प्राप्त गरेको उपलब्धी असाधारण रहेको बताएका छन् ।
१९ बर्षका एम्बाप्पेले गत आईतबार फ्रान्सेली लिगमा लियोनविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै चार गोल गरेका थिए ।
एम्बाप्पेले युवा अवस्थामै दुई लिग उपाधि र एक विश्वकपको उपाधि प्राप्त गरिसकेका छन् । उनी अहिले वालेन डि ओरको मनोनयममा समेत परेका छन् ।
प्रशिक्षक डेसच्याम्सले अहिले आईसल्याण्ड र जर्मनीकालागि तयारी अघि बढाएका छन् । उनले सानै उमेरमा एम्बाप्पेले करियरमा अविश्वसनिय सफलता हासिल गरेको बताए ।
‘केलियनले अहिले असाधारण काम गरिरहेको छ । युवा अवस्थामा उसले जे गरेको छ, यो सामान्य होईन ।’ उनले भनेका छन् ।
‘तिमी उनलाई कुनै श्रेणीमा राख्न सक्दैनौ । उनी जस्तो खेलाडी कहिले काहीमात्र देख्न सकिन्छ । मलाई त्यो विशेषाधिकार प्राप्त छ कि उ फ्रान्सको हो र उसले हामीसंग खेलिरहेको छ ।’ डेसच्याम्स थप्छन्, ‘उसले कहिल्यै सामान्य काम गरेन । तर उ सधै चाँडै सिक्न सक्छ । उसले जसरी खेलिरहेको छ, एम्बाप्पे त्यसको हकदार छ ।’
एम्बाप्पेले पीएसजीकालागि पछिल्ला ७ खेलमा १० गोल गरेका छन् ।